बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का उत्कृष्ट निर्णायक घोषित


  • माउन्टेन खबर
  • बुधबार, साउन २८, २०७७
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो ।

प्रतियोगितामा करिब २५ राष्ट्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत रहेका खड्काले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका निर्णायकको सहभागिता थियो ।

लकडाउनको अवधिमा भएका विभिन्न प्रतियोगितामा खड्का तीन पटक उत्कृष्ट निर्णायक चुनिएका हुन् । निर्णायकको करियारमा समग्रमा खड्का ७ पटक उत्कृष्ट निर्णायक बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)