बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सागमा पाकिस्तानले जितेका दुई स्वर्णसहित तीन पदक खोसियो


  • माउन्टेन खबर
  • बुधबार, साउन २८, २०७७
  • 398
    SHARES

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिवन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तीमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परिक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो ।

पदक खोसिनेमा एथलेटिक्सतर्फ १ सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, १ सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र ४ सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् । नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो ।

तीनै खेलाडीलाई २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्पतीममा उल्लेख गरिएको छ ।

१३ औं संस्करणको साग नेपालमा मंसिर १५ देखि २४ गतेसम्म आयोजना भएको थियो ।  १३ औं साग पाकिस्तानले ३२ स्वर्ण सहित १ सय ३२ पदक जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)