शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सीपीएल टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेको टोली पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०७७
  • 260
    SHARES

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उनको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल भए । उक्त खेलमा ट्रिनबागो नाइट राइडर्स विजयी भयो । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो । आजको खेलमा पनि सन्दीपले पुरै चार ओभर बलिङ गरे । उनले ३० रन खर्चेर एक विकेट लिए । नवौँ ओभरमा बलिङ गर्न आउनुभएका सन्दीपले पहिलो ओभरमा मात्र २ रन खर्चिए । त्यसपछि ११औं ओभरमा बलिङ गर्दै उनले ११ रन दिनुका साथै एक विकेट लिए ।

उनले ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काए। नराईन ५३ रनमा आउट भए । यस्तै खेलको १३औं ओभरमा सन्दीपले ७  रन खर्चिए । सन्दीपले १५औं ओभरमा १० रन दिए । ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा गर्यो । उसको जीतमा सुनील नराईनले ५३ र कोलीन मुन्रोले अविजित ४९ रनको योगदान दिए । बलिङतर्फ जमैकाका सन्दीपसँगै फिडेल एडवार्ड र मुजिब उर रहमानले एक एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो । उसका लागि ग्लेन फिलिप्स्ले ४२ बलमा ५८ रनको अर्धशतकीको पारी खेले। यस्तै आन्द्रे रसेलले २६ बलमा २५ रन, आसिफ अलिले १६ बलमा २२ रन तथा रमाल लेविसले अविजित रहँदै १६ बलमा १५ रन बनाए । बलिङतर्फ ट्रिनबागोका लागि अलि खान र जेडेन सिल्सले दुई दुई विकेट लिए। पराजयसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

यसअघि सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । उक्त खेलमा उनको टोेली जमैका ५ विकेटले विजयी भएको थियो । अब जमैकाले तेस्रो खेल आइतबार दिउँसो गुयाना अमेजन वारियर्सविरुद्ध खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }