शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सागः अनियमितता छानबिन गर्न उप—समिति गठन


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ५, २०७७
  • 1.1K
    SHARES

काठमाण्डौ, ५ भदौ। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उप—समिति गठन भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री गरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो । राखेप बार्ड सदस्य गोविन्द बहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ ।

उपसमितिले ब्याडमिन्टन खलका सामग्री खेलाडीहरुले समयमा नपाएको, प्राप्त खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ ।

उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्त बुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा छानबिन हुने बताउनुभयो । अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त नभएकाले सोही विषयमा छानबिन गरिने उहाँले बताउनुभयो । अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रलायले छानबिन गर्ने उहाँले बताउनुभयो ।

उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासङ फिजिङ शेर्पा हुनुहुन्छ । उप समितिले २१ दिनभित्र प्रतिशत राखेपलाई बुझाउने छ । नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उहाँले राजीनामा बुझाईसक्नुभएको छ । सागमा खेलाडीको सामग्री खरिदतमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उहाँले राजीनामा बुझाउनुभएको हो । यसअघि शुक्रबार ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी निवदेन दर्ता गराएका थिए । सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको छ । जसमा नेपालले ५ कास्य पलदक जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }