मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ओलम्पिक खेलाडीलाई अभ्यासको खाँचो


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०७७
  • 1.3K
    SHARES

काठमाण्डौ,६ भदौ ।

महाकुम्भ मेला ओलम्पिकमा सहभागि जनाउँदै पदक हाँसिल गर्ने लक्ष्य प्राय खेलाडीले बुनेका हुन्छन । नेपाली खेलाडी पनि त्यो लक्ष्यलाई पूरा गर्न दिनरात मिहेनत गरिरहेकै छन् । कोरोनाका कारण एक वर्ष पछि धकेलिएको टोकियो ओलम्पिकका लागि नेपाली खेलाडी अभ्यास गर्न नपाउँदा सहभागिता खल्लो हुनेमा चिन्तित छन् । .

ओलम्पिक सहभागिता जनाउनु नेपाली खेलाडीका लागि एउटा ठूलो उपलब्धिको सूचकको रुपमा लिइन्छ । छनोट चरण पार गर्दै नेपाली खेलाडीले सहभागिता जनाए नेपाली खेलकै शानको रुपमा व्याख्या पनि गरिन्छ । त्यसो त अहिलेसम्म छनोट पार गरेर ओलम्पिकमा तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र राष्ट्रको प्रतिनिधित्व गरेका छन् । उनीहरुको अब्बल मिहेनत र लगाबले उनीहरुको ओलम्पिक बाटो खुलेको थियो । तर अहिले नेपाली खेलाडीको ओलम्पिक सहभागितालाई कोरोना तगारो बनेको छ, अभ्यासमा जुट्न नपाउँदा । नेपाली खेलाडीलाई ओलम्पिक सहभागिताको खुडकिलो छनोट चरण पार गर्न निकै कठिन छ । छनोटमा असफल भए पनि छनोट प्रतियोगितामा गरिएको प्रदर्शन र प्राप्त नतिजाका आधारमा ओलम्पिक सहभागिताको मौका दिने माध्यम वाइल्ड कार्ड मौकालाई सदुपयोग गर्न कहरका बीचमा पनि अभ्यास दिनुपर्ने खेलविज्ञ सुशीलनरसिंह राणाले बताउनुभयो ।

वाइल्डकार्ड अवसर सदुपयोग गर्न पनि खेलाडीलाई राम्रो प्रदर्शन र नतिजा आवश्यक पर्छ । त्यसकालागि पनि अभ्यास र प्रदर्शन निकै जरुरी हुन्छ । वाइल्ड कार्डबाट भए पनि ओलम्पिकमा सहभागिता जनाउने लक्ष्य लिएकी करातेकी अनु अधिकारीले तीब्र गतिमा फैलिएको कोरोनाले अभ्यास गर्न कठिनाई भएको अनुभव सुनाइन ।

नेपाली खेलाडीलाई प्रत्यक्ष रुपमा नियाल्ने नेपाल ओम्पिक कमिटीले सहभागि हुने खेलाडीका लागि अहिलेसम्म विकल्प कुनै बाटो दिएको छैन । नेपाल बाहेक दक्षिण एसियाका केही देशमा ओलम्पिकमा सहभागिता जनाउने खेलाडीलाई सरकारले नै निश्चित मापदन्ड बनाएर अभ्यासलाई तीब्रता दिइरहेको छ । तर ओलम्पिकमा सहभागि हुने खेलाडीको खेल निखार्नका लागि नेपाल ओलम्पिक कमिटीले कुनै चासो देखाएको छैन् । सहज अवस्थाको पर्खाइमा छ ओलम्पिक कमिटी । कठिन अवस्थामा सम्बिन्धित संस्थाले अभिभावकत्व गर्न नसक्दा ओलम्पिक कमिटीमाथि औचित्यको प्रश्न उठ्नु पनि स्वभाविक हो । नेपालबाट ७ खेलका १२ खेलाडीको नाम वाइल्डकार्डका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }