शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, भदौ ६, २०७७
  • 927
    SHARES

काठमाडौं ,६ भदौ । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘घिटी घिटी’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियो सहित गीत सार्वजनिक गरिएको हो । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् ।

प्रथम क्षेत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोमा  मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आत्महत्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम उठाइएको छ । एउटा थिएटर भित्र पुरै म्युजिक भिडियो सकिएको छ ।भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षत्रीले नै गरेका हुन् ।

फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुबै प्रसंसनीय छन् ।स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका  निर्माता राजेन्द्र खड्का रहेका छन् । भिडियोको प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी हुन् भने नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)