शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधी


  • माउन्टेन खबर
  • सोमवार, भदौ ८, २०७७
  • 528
    SHARES

लिस्बन । जर्मन च्याम्पियन बायर्न म्युनिकले छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले पराजित गर्दै  युरोपेली च्याम्पियन्स लिगको उपाधी कब्जा गरेको हो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे ।

जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । पीएसजीले भने पहिलो पल्ट पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।

बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो । खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे ।

त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।  बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)