शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल क्रिकेट संघको साधारण सभा अनिश्चितकालका लागि स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ९, २०७७
  • 693
    SHARES

काठमाण्डौ,९ भदौ। भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

क्यानले मंगलबार विज्ञप्ती जारी गर्दै भदौ दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाउनुभएको हो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)