शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वको प्रतिष्ठित ‘टोरिनो ल्याब’मा चलचित्र ‘होरी’ छनोट


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०७७
  • 882
    SHARES

काठमाडौं ,२१ भदौ । विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र ‘होरी’ समावेश भएको छ। कोभिड– १९ को महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ले अनलाइन ल्याब संचालन गर्ने घोषणा गरेको थियो। दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको हो।यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्।  अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी चलचित्रमा माओवादी द्वन्द्वको समयको कथामा आधारित छ।

चलचित्र मुख्य डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने निर्माता सरोज शर्मा सापकोटा बताए।  निर्माता सरोज शर्मा सापकोटा अनुसार चलचित्रको नाम ‘होरी’ डोटेली भाषाबाटै लिइएको हो। चलचित्र ‘होरी’ मुख्य रुपमा डोटेली भाषामा हुने छ। होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ।निर्देशक जोशीले ‘ल्याबमा छनोट हुनु नै अवसरको ढोका खोलिनु  भएकाे बताउनु भयाे ।  विश्व चलचित्रको बजारमा उपस्थिति देखाउन ल्याब एकदमै राम्रो स्थान मानिन्छ।’

निर्माता  सापकोटाले  एसियाका फिल्म मेकरलाई लगानीकर्ता खोज्ने ‘टोरिनो ल्याब’ महत्वपूर्ण प्लेटफर्म रहँदै आएको बताउनुभयाे । ‘ल्याबमा नेपालबाट कमै  प्रोजक्ट छनोट हुन्छ। होरी यस वर्ष छनोट भएको छ।  ‘यसले लगानी कर्ता भेट्टाउनमा मद्दतगर्ला भन्ने अपेक्षा लिएका छौं’, सापकोटाले भने।  ‘होरी’ चलचित्र यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)