काठमाडौं,२५ भदौ । सरकारले कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती दिने भएको छ । बिहिबार उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री ,पर्यटन मन्त्री र श्रम मन्त्रीका बीचमा भएको छलफल पश्चात प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उडानको सन्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिनु भयो ।
यसै गरी बैठकले पिसिआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा बिमान कम्पनीले थप उडान माग गरेमा अनुमती प्रदान गर्ने निर्णय समेत गरेको छ । यसै गरी । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने भएको छ । बैठकले नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ रिपोर्ट भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गरिने भएको छ ।
बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबेदनशील रहेको भन्दै मन्त्री भट्टराईले स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लाने जनाएको छ ।
अत्यन्तै प्रतिकुलतामा पनि धैर्य र संयमता लागि सबै दिदिबहिनी, दाजुभाईमा आभार ब्यक्त गर्दे सरकारले अनेकौ समस्यासँग जुध्दै समन्वय गरिरहनु भएका नेपाली नियोगका प्रमुख तथा कर्मचारी हरुलाई धन्यवाद दिएको छ । यसै गरी एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका सबैलाई आभार ब्यक्त गरेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।
