इङ्लिस प्रमिएर लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ । कोरोना भाइरसको महामारीको कारण पहिलोपटक यो लिग सेप्टेम्वर महिनामा शुरु हुन लागेको हो । यस अघि यो प्रतियोगगिता हरेक बर्ष अगस्ट महिनामा आयोजना हुदै आएको थियो ।
सन् २०१९-२० को विजेता क्लव लिभरपुलले गत सिजनको च्याम्पियन्शिप विजेता लिड्स युनाइटेडसंग आफ्नै घरेलु मैदान एनफिल्डमा प्रतिस्पर्धा गर्दैछ ।
लिड्सले भने १६ बर्ष पछि पहिलो पटक प्रमियर लिग खेल्दैछ । इङ्लिस प्रमियरमा आज तीन वटा खेलहरु हुदै छन् । पहिलो खेलमा फुलह्याम्स र आर्सनलले नेपाली समय अनुसार साँझ ५:१५ बजे प्रतिस्पर्धा गर्दै छन् ।
