शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यूएस ओपनको उपाधि नाओमी ओसाकालाई


  • माउन्टेन खबर
  • आइतवार, भदौ २८, २०७७
  • 1.4K
    SHARES

जापानी टेनिस खेलाडी नाओमी ओसाकाले पुनः यूएस ओपनको उपाधि जितेकी छिन्। सन् २०१८ मा यूएस ‌ओपन जितेकी ओसाकाले गएराति भएको महिला एकलतर्फको फाइनलमा बेलरुसकी भिक्टोरिया एजारेन्कालाई हराउन सफल भइन्।

सन् २०१७ मा विम्लडन ओपन खेलेयता कुनै पनि टेनिस प्रतियोगिताका भाग नलिएकी  ३१ वर्षीया एजारेन्काले ओसाकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपनि पराजित भइन्। एजारेन्काले पहिलो सेट ६-१ ले जितेपनि दोस्रो र तेस्रो सेट भने ६-३, ६-३ ले ओसाकाले जित्न सफल भइन्।

६ पटकसम्म यूएस ओपन जितिसकेकी सरिना विलियम्सलाई हराउँदै हाल बिना वरियताकी ३१ वर्षीया एजारेन्का फाइनल प्रवेश गरेकी थिइन्। आफ्नो करिअरको तेस्रो ग्रान्ड स्लाम जितेकी २२ वर्षीया ओसाकाले यसअघि सन् २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)