बिहिबार, अशोज १३, २०७९

लकडाउन शिक्षा- शशी पन्त


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 727
    SHARES

लकडाउन शिक्षा

मान्छेले ठुलाठुला कार्य सजिलै सम्पन्न गर्न सक्छ । हजारौ जना कर्मचारी भएको संस्था एक्लै हाँक्न सक्छ । तर आफ्नो एउटा सन्तानलाई धान्न हम्मेहम्मे परिरहेको हुन्छ । बच्चालाई हुर्काउने, बढाउने र असल मार्गमा डो¥याएर सफल बनाउने काम निकै चुनौतिपूर्ण हो । यसको लागि अभिभावकको निकै लगाव चाहिन्छ । भनिन्छ , “यदि हामीले बच्चालाई आफ्नो घरमा उचित स्थान दियौँ भने हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।”

मानिस स्वभावैले पाएसम्म सुख भोग गर्न खोज्ने प्राणी हो । त्यसैले सकेसम्म झन्झटिला कार्यहरू अरुतिर पन्छ्याएर कसरी हुन्छ आफू उम्किन खोजिरहेको हुन्छ । आजभोलि हामी अभिभावकहरू पनि यसबाट अछुतो रहन सकेका छैनौँ । साँच्चिकै भन्ने हो भने सबैभन्दा बढी प्रभाव हामी अभिभावकमाथि नै परिरहेको छ । बच्चालाई चाहिने सम्पूर्ण साधन स्रोत जुटाइदियो अनि सकेसम्म एउटालाई जिम्मा लगायो अनि आफू झन्झट मुक्त भएर आनन्दले बस्यो ।

बिडम्बना के भइदियो भने कोरोना भाइरस र त्यस लगत्तै भएको लकडाउनले अचानक दैनिकी बद्लियो । सबैभन्दा बढी त ती बाबुआमालाई असर ग¥यो कि जसले शनिबार पनि नआए हुन्थ्यो भन्ने गर्थे । सुरुका दिनमा त निकै छटपटि देखिन थाल्यो ।

कहिले स्कुल खुल्ला र स्कुल जालान् अनि आनन्द हुन्छ भनेर । १५ दिन, एक महिना, दुई महिना, गर्दै लकडाउन बढ्दै गयो अनि कोरोना पनि बढ्दै गयो , स्कुल खुल्ने छाँटकाँट देखिएन । अब भने अभिभावकलाई घरमा राख्ने बानी त परिसकेको थियो तर लामो समय स्कुल नखुल्ने अवस्था देखेपछि बच्चाको पढाइ अनि भविष्यको चिन्ताले सताउन थाल्यो ।

म आफू पनि अभिभावक भएकोले यी सबै कुरा सजिलै बुझ्न सक्थेँ । चिन्तानै समस्याको समाधान होइन भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो । हरेक कुराको पछाडि सकारात्मक र नकारात्मक दुवै पक्षहरु रहेका हुन्छन् । हामीले सकारात्मक दृष्टिकोणले हे¥यौँ भने सबै सकारात्मक देख्न सक्छौँ र नकारात्मक दृष्टिकोणले हे¥यौँ भने सबै नकारात्मक देख्न सक्छौँ ।

मैले भने यो समयावधिमा पनि थुप्रै फइदाहरू देखेँ, यसका थुप्रै सकारात्मक पक्षहरू देखेँ । किताबी ज्ञान मात्र ठुलो कुरा होइन । ठुलो कुरा त त्यो हो , जीवन जिउने कला सिक्नु । यो बेलामा अभिभावकले आफ्ना बच्चालाई यस्ता कला सिकाउने सुनौलो अवसर जुटेको छ । यहाँनेर मैले आफ्नै बच्चाको सानो उदाहरण दिन चाहे, तातो पानी तताएर खान नसक्ने मेरो छोरो आज मलाई चिया बनाएर खुवाउने भएको छ । स्याउ काटेर खान नसक्ने छोरो आज तरकारी काटेर पकाउने भएको छ ।

वास्तवमा जीवनमा जान्नै पर्ने महत्तवपूर्ण कुराहरू यिनै हुन् । व्यवहारिक ज्ञान भएन भने सैद्धान्तिक ज्ञानको मात्र कुनै अर्थ रहँदैन । उज्यालोमा कहिल्यै आमाबाबुको मुख नदेखेका बच्चाले आज आमाबाबुको न्यानो काखमा खेल्ने अवसर पाएका छन् ।

साँच्चिकै भन्ने हो भने अभिभावक र बच्चाको लागि व्यवहारिक र संस्कारिक कुराहरू सिक्ने र सिकाउने योभन्दा सर्वोत्तम समय आएको पनि थिएन र आउने पनि छैन । त्यसैले यो समयमा बालबालिकाहरूलाई सानातिना व्यवहारिक कार्यमा सहभागी गराएर लगनशील र अनुशासित बनाउन सक्यौँ भने वर्षौ लगाएर सिक्नुपर्ने किताबी ज्ञानका कुराहरू छोटो समयमै सिक्न सक्ने क्षमताको विकास हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”

    संञ्चालक : अनिता चापागाँई
    सम्पादकअच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ

    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ