बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा विमानस्थलको निर्माण ६३ प्रतिशत 


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 578
    SHARES

पोखरा ,३१ भदौ।  निर्माणाधिन पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ ।
सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएपनि कोभिडका कारण केही समस्या हुने देखिएको छ । यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ ।

विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङका लगायतका कामहरु सम्पन्न भएका छन । माटो कटान र फिलिङ गर्नेकाम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको कामपनिअन्तिम चरणमा पुगेको छ । कार पार्किङको कामपनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो ।

निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लक डाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेन । लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको उहाँले बताउनुभयो । विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उहाँले बताउनुभयो । लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }