मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिडले ठप्प रहेको पर्यटनमा नयाँ आशा हिमाल आरोहणका लागि नेपाल आइपुगे बहराइनका राजकुमार


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 908
    SHARES

काठमाडौं । कोभिड–१९ का कारण ६ महिनादेखि बन्द  नेपालको पर्यटनमा नयाँ आशा जगाउने ‘स्टेप’ सुरु भएको छ । कोभिडले अहिले विश्वको पर्यटननै थला परेको बेला नेपालमा बहराइनका राजपरिवार (रोयल फ्यामिलि) को भ्रमण भएको छ।

कोभिडले ठप्प रहेको पर्यटन नासिर बिन हामिद अल खली नेपालको हिमाल आरोहणका लागि बुधबार काठमाडौं आइपुगेका हुन् । कोभिड महामारीका बीचमै पहिलो पटक भीभीआइपीको भ्रमण हुनु पर्यटन क्षेत्रका लागि सुखद भएको व्यवसायीहरु बताउँछन् ।

पर्यटकीय गतिविधि अस्तव्यस्त बनिरहेको बेला बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि काठमाडौंमा आइपुग्नुलाई विशेष चासोको रुपमा हेरिएको छ ।

 

उनको यो टोलीनै कोभिडपछि बन्द रहेको अन्तर्राष्ट्रिय आगमन नेपाल आउने पहिलो टोली हो । यसलाई नेपालको पर्यटनमा आशा जगाउने पहिलो स्टेपको रुपमा लिइएको छ ।

काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने छन् । क्वारेन्टाइनको अवधि पुरा गरेर सातौ दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोली मध्ये १५ जना बहराइनी र ३ जना बेलायती छन् ।

उनीहरु हेली एभरेष्ट मार्फत लुक्लामा जाने छन् । त्यहाँबाट खुम्बुमा रहेको लोबुचे हिमाल आरोहण गरेर गोर्खाको मनास्लु हिमाल आरोहणका लागि जाने कार्यक्रम रहेको छ । आरोहणको नेतृत्व सेभेन समिट ट्रेक्सले गरेको छ ।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्यूड गाइड खटाइने छ । जस्मा सर्वाधिक  २४ औं पटक सगरमाथा आरोहण गरेका कामीरिता शेर्पा, बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने कान्छा नेपाली आरोही टासी लाक्पा शेर्पा र संसारका ८ हजार अग्ला १४ वटा हिमाल आरोहण गर्ने छाङ दावा शेर्पा र सानो शेर्पासहितको टोली रहने अध्यक्ष शेर्पाले जानकारी दिए ।

राजकुमारको नेपाल प्रवेशले पर्यटनमा नयाँ आशा र उत्साह जगाएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा)का अध्यक्ष अच्यूत गुरागाइको भनाई छ । ‘उहाँको प्रवेशलाई विश्वले विषेश रुपमा हेरेको छ,अध्यक्ष गुरागाईले भने, यसले कोभिडले ठप्प रहेको पर्यटनलाई ‘बुम’ गराउछ ’ ।

२०७६ चैतदेखि नेपालमा पर्यटकीय गतिविधि ठप्प रहेको छ । सरकारले सोमबार बसेको मन्त्रिरिषदको बैंठकले कात्तिक १ गतेबाट हिमाल आरोहणका लागि अनुमति खुला गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)