बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२४ घण्टामा चार कोरोना संक्रमितको मृत्यु, १२४६ थपिए


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 368
    SHARES

काठमाडौँ, १ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १ जना पुरुषको मृत्यु भएको हो । आज मोरङमा ६४ वर्षिया, चितवनमा ३६ वर्षिया र कैलालीमा ५७ वर्षिया महिलाको मृत्यु भउकोहो । काठमाडौंमा ८७ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै आजसम्म मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज १२ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ६ सय ४१ पीसीआर परीक्षण भएकोमा आज ४ सय २८ महिला र ८ सय १८ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ५ सय ४, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा संक्रमण देखिएको छ । आजसम्म संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय ३०, प्रदेश नम्बर २ मा ६ सय ८७, बागमती प्रदेशमा ४ हजार ५ सय ५४ र गण्डकी प्रदेशमा ७ सय ८८ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ सय १८, कर्णाली प्रदेशमा २ सय ४९ र सुदूरपश्चिम प्रदेशमा २ सय ७७ गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना संक्रमित उपचाररत रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय ७२, प्रदेश नम्बर २ मा १ हजार २ सय ८७, बागमती प्रदेशमा ४ हजार १ सय ८७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६७, कर्णाली प्रदेशमा १ सय ३० र सुदूरपश्चिम प्रदेशमा ३ सय १३ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन । आज आइसियुमा १ सय ८३ र भेन्टिलेटरमा ३९ जना संक्रमित उपचाररत रहेका छन ।

आज १२ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार ७ सय ७१, प्रदेश नम्बर २ मा ११ हजार ७ सय १७, बागमती प्रदेशमा ९ हजार ४ सय ११ र गण्डकी प्रदेशमा २ हजार ४ सय ६६ जना आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ८ सय ७१, कर्णाली प्रदेशमा २ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ५ गरी देशभरी आजसम्म ४२ हजार ९ सय ४९ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }