शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो,आज देशभरी १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 258
    SHARES

   काठमाण्डौ,३ असोज।

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ४ सय नाघेके छ ।

आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षिय र बाँकेमा ४५ वर्षिय पुरष गरी ४ जनाको मृत्यु भएको छ ।

आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ  । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार १ सय २९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ७३, प्रदेश नम्बर २ मा ८ सय ७८, बागमती प्रदेशमा ५ हजार २ सय २३ र गण्डकी प्रदेशमा ८ सय ३७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय १७, कर्णाली प्रदेशमा २ सय ९० र सुदूरपश्चिम प्रदेशमा ३ सय ३५ गरी देशभरी संस्थागत आइसोलेनमा ९ हजार १ सय ५३ जना संक्रमित उपचाररत रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ८९, प्रदेश नम्बर २ मा १ हजार ७७, बागमती प्रदेशमा ४ हजार २ सय ९१ र गण्डकी प्रदेशमा १ सय ८७ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ९७, कर्णाली प्रदेशमा १ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ सय ८९ गरी देशभरी ७ हजार ९ सय ७६ संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै आइसियुमा १ सय ७९ जना र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ४ सय ४७ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ९ सय ६१, प्रदेश नम्बर २ मा १२ हजार ७४, बागमती प्रदेशमा १० हजार ५ सय ३६ र गण्डकी प्रदेशमा २ हजार ६ सय ३७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार २ सय ७, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ९५ गरी देशभरी ४५ हजार २ सय ६७ संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }