शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरएनए बौद्धिक बहसः विदेशमा सिकेको ज्ञान नेपालमा कसरी प्रयोग गर्ने ?


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०७७
  • 912
    SHARES
अमेरिका,३ असोज ।
गैरआवासीय नेपाली संघ समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनका अवसरमा शनिबार ब्रेन गेनः विश्व नेपाली स्वास्थ्यका लागि अवसर र चुनौती विषयक कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त भर्चुअल कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा छरिएर रहेका विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरुको सहभागिता थियो । डाः उत्तम गौलीले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै ब्रेन गेन सेन्टरका कोअर्डिनेटर सन्तोष गौतमले विदेशी भुमिमा रहेका नेपालीहरुलाई कुनै न कुनै हिसाबमा नेपालसँग जोड्न ब्रेन गेन सेन्टरले पुलको भूमिका खेल्ने बताउनुभयो ।
इमेल तथा विभिन्नमाध्यमबाट विश्वका विभिन्न मुलुकमा रहेका बौद्धिक नेपालीहरुसँग सम्पर्क गर्ने काम ब्रेन गेन सेन्टरले गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
सेन्टरले रिटर्नीहरुका लागि थुप्रै कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको तर कोभिड–१९ का कारण ति कार्यक्रम सञ्चालन गर्ने समय केही पछाडि धकेलिने अवस्था सिर्जना भएको उहाँले जानकारी दिनुभयो ।
‘को कहाँ हुनुहुन्छ रु उहाँहरुको विज्ञता कस्तोे छ भनेर हामी खोजि गर्छौँ । देशभित्र र बाहिरका विज्ञहरुलाई जोड्ने तथा उहाँहरुलाई प्रोत्साहन गर्ने ब्रेनगेन सेन्टरले गर्छ’ सेन्टरका कोअर्डिनेटर सन्तोेष गौतमले भन्नुभयो ।
कार्यक्रममा बोल्दै एनआरएनए एनसीसी अस्ट्रेलियाका उपाध्यक्ष मन केसीले नेपालीहरु विश्वका जुनसुकै स्थानमा भए पनि नेपालभित्र अप्ठ्यारो परेको अबस्थामा सक्दो रुपमा आफ्नो अनुभव र ज्ञानलाई प्रयोग गर्न तत्पर रहेको र एनआरएनएले पनि यसका लागि सहयोग गर्ने बताउनुभयो ।
परराष्ट्र मन्त्रालयले अघि सारेको ब्रेन गेन सेन्टर निकै उपयोगी भएको तथा यसबाट विदेशमा रहेका नेपालीहरुले सिकेको ज्ञान, सीप, प्रविधिबाट नेपालले लाभ लिन सक्ने उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै अफ्रिकामा कार्यरत डाः सरिता पाण्डेले अफ्रिकामा रहेका नेपालीहरुले आफूले आर्जन गरेको ज्ञान हाइड्रो पावर, आइटी, इन्जिनियरिङ, कृषि लगायत अधिकांश क्षेत्रमा विदेशमा प्रयोग गरेको बताउनु भयो । आफूले अफ्रिकामा बसेर पनि नेपालका लागि थुप्रै काम गरिरहेको र आवश्यक परेको अवस्थामा सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभयो ।
नेपाल आर्युवेद डाक्टर एशोसिएसनका अध्यक्ष डाः प्रकाश ज्ञवालीले गैरआवसीय नेपालीले सिकेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा प्रयोग गर्ने व्यवस्था संविधानमा नै व्यवस्था भएको बताउनुभयो ।
‘नेपालीहरुले विदेशमा सिकेका कुराहरुलाई प्रयोग गरेर देशले पनि केही सिक्न सक्ने देखिन्छ । विदेशमा बसेर पनि देशका लागि केही गर्न सकिने र देशले पनि विदेशमा रहेका नेपालीहरुबाट लाभ लिन सक्ने अवस्था छ’ उहाँले भन्नुभयो ।
यसले समग्र मानव विकास गर्ने तथा विश्वमा नेपालीहरुको पहुँच बढाउने, बौद्धिक विकासका साथै अन्य विकास समेत सहयोग पुग्ने उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै क्लिनिकल साइक्लोजिस्ट डाः बैकुण्ठ सुवेदीले नेपालको शिक्षा भर्चुअल प्रविधिमा गइसकेकाले भर्चुअल प्रविधिबाट नै विदेशमै रहेर पनि नेपालका लागि योगदान पुर्याउन सकिने अबसर रहेको बताउनुभयो ।
कार्यक्रममा अमेरिकन कर्नरका कोअर्डिनेटर हृदयशकुमार केसी, युकेबाट डाः पुष्पराज पन्त, कर्णाली प्रदेशबाट अनन्तराज पन्त लगायतले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा एनआरएनए एनसीसीका पदाधिकारीहरु तथा विभिन्न देशमा रहेका बौद्धिक व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }