शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक उडान सूचारु भएपछि धनगढीका पर्यटन व्यवसायी उत्साहित


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 458
    SHARES

धनगढी,६ असोज।
सोमबार देखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका हुन् । हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन् । त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागी बन्द गरीएको हवाई उडान आन्तरिक रूपमा सुचारु भएवपछि सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान ग¥यो । नियमित उडान सूचारु भएपछि धनगढी विमानस्थल हवाई यात्राका लागि आउने मानिसहरु जहाजको पर्खाइमा थिए । हवाई उडान सुचारु भएसँगै बन्दाबन्दीका कारण सडक यातायातमा चर्काेमुल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

हवाई यातायात सुरु भए सँगै हुने आवत–आवतले केही राहत मिल्ने भन्दै होटेल व्यवसाय पनि उत्साहित भएकाछन् । गत चैत महिना याता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुन भन्दै व्यवसायीहरू पनि आन्तरिक तयारीमा छन् । यद्यपि अन्तराष्ट्रिय नाका नखुले सम्म र गोष्ठी, सेमिनारहरू नभए सम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउनुहुन्छ ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ । आन्तरिक उडान सुरु भए सँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अव भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताउनुभयो । एयरलाइन्सहरुले पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले यात्रुहरुको आवागमनमा सहज हुने पनि उहाँले बताउनुभयो ।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचारु भए पछि सक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझैपनि छन् । तरपनि चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् । विमानस्थलले पनि कोभिड १९ संक्रमण रोकथामका लागि तयार पारेको मापदण्ड पूर्ण रुपमा लागू गरिएको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }