शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

केरुङ नाका एकतर्फि खाेल्न चिनियाँ पक्ष तयार,पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने


  • माउन्टेन खबर
  • बुधबार, अशोज ७, २०७७
  • 445
    SHARES

काठमाडौ,७ असोज ।

कोभिड-१९ का कारण केही साता यता बन्द रहेको रसुवाको केरुङ्ग नाका बुधबारदेखि सुचारु भएको छ ।

चीनस्थित नेपाली राजदुत महेन्द्रबहादुर पाण्डेका अनुसार चिनिया उच्च अधिकारीहरुसँगको निरन्तर छलफल पछि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै नाका सुचारु गर्न चिनिया पक्ष सहमत भएको हो ।

मेडिकल सामग्री र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज रुपमा ढुवानी गर्नका लागि एकतर्फी रुपमा नाका सुचारु भएको हो ।

सहमति अनुसार चिनिया क्षेत्रमा रहेका मालबाहक नेपाली कन्टनेरहरु सामान लिएर नेपाल आउन पाउने भएका छन् ।

भन्सार क्षेत्र कोरोना र मनसुनका कारण पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको जानकारी गराउँदै छिटो भन्दा छिटो बन्दरगाह सहित नाका पूर्ण रुपमा सञ्चालनमा आउने नेपालस्थित चिनियाँ दुतावासले प्रेस नोट मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }