सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक पर्यटन प्रर्वधनकालागि विशेष प्याकेज ल्याउने पर्यटन मन्त्रीको धोषणा


  • माउन्टेन खबर
  • शनिबार, अशोज १०, २०७७
  • 451
    SHARES

काठमाण्डौ,१० असोज।

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रर्वधनकालागि विशेष प्याकेज ल्याउने भएको छ । विगत ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संक्रमणको अवस्था कम हुने वित्तिकै संगठित क्षेत्रका व्यक्तिहरुलाई संगठित रुपमा देश दर्शन गराउने बताउनुभयो ।

 

राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले संस्थान, वित्तिय क्षेत्र, शिक्षा क्षेत्रका व्यक्तिहरु, शिक्षक र कर्मचारी सबैलाई संगठित रुपमा देश दर्शन गराउने तयारी सरकारले गरेको बताउनुभयो । उहाँले यो अभियानमा साथ दिन नीति क्षेत्रहरुलाई समेत आग्रह गर्नुभयो ।

विश्वका जुनसुकै मुलुकले पनि आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएको उल्लेख गर्दै उहाँले नेपालको सन्दर्भमा पनि आन्तरिक पर्यटनले नै धरासायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने बताउनुभयो ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नै हप्तामा दुई दिन सार्वजनिक विदाको अवधारणा अघि सारेको उहाँले बताउनुभयो । हप्तामा दुई दिन विदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उहाँले बताउनुभयो । पर्यटन सम्बद्ध सेवा प्रदायक संस्था तथा कम्पनीहरुले समेत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष योजनाहरु सार्वजनिक गरिरहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)