बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

मृतकको संख्या १० लाख नाघ्यो

२० लाख व्यक्तिको मृत्यु हुन सक्ने अनुमान


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 437
    SHARES

काठमाडौं ,१३ असोज। संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १० भन्दा बसढ पुगेको छ । मृत्यस हुनेमा लगभग आधाजति सबै अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका रहेको जोन होपकिन्स युनिभर्सिटीले जनाएको छ ।

हालसम्म अमेरिकामा २,०५,०३१ जनाको ज्यान गुमिसकेको छ भने ब्राजिलमा १,४२,०५८ को कोरोना भाइरसबाट मृत्यु भएको छ । यस्तै भारतमा ९५,५४२ र मेक्सिकोमा ७६,७३० को मृत्यु भएको छ ।

संयुक्त राष्ट महासचिव एन्टोनियो गुटेरेशले भाइरसका कारण ज्यान गुमाउनेहरुको आँकडा मन दुखाउने किसिमको छ । यो संकटबाट लड्नका लागि अन्तरराष्ट्रिय सहयोग र नेतृत्वको आवश्यकता भएको उनले बताए ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको कुनै प्रभावकारी भ्याक्सिन भेटुञ्जेल यो भाइरसले करिब २० लाख व्यक्तिको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)