शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन

अनराइभल भिसा खुला, ७ दिन क्वारेन्टाइन अनिवार्य


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १३, २०७७
  • 398
    SHARES

काठमाडौं,१३ असोज । सरकारले विदेशी पर्यटकहरुका लागि अनराइभल भिसा खुला गरेको छ । कोरोना महामारीका  कारण सरकारले गत फागुन देखि अनराइभल भिसा बन्द गरेको थियो ।

कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहणका लागि खुला गरे पनि अनराइभल भिसा भने खुला गरेको थिएन । पर्यटन व्यवसायीहरुले सरकारसँग पटक–पटक अनराइभल भिसाका लागि पहल गर्दै आएका थिए ।

सोमबार पर्यटन विभागले जारी गरेको सूचनाअनुसार नेपाल आउने पर्यटकहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान बनाएको छ । योसँगै नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।
पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने छ ।

अनराइभल भिसा दिने निर्णय स्वागत गर्दै व्यबसायीहरुले क्वारेन्टाइनको अवधि ७ दिनलाई घटाएर ३ दिन कायम गर्न माग गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }