आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सामसुङका स्मार्टफोनले उछिन्यो बिक्रीको विश्व रेकर्ड


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 348
    SHARES

सियोल,१४ असोज। दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स कम्पनी गएको अगस्ट महिनामा विश्वमै सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी भएको छ । कोरोनाभाइरसका कारण बजारमा केही शिथिलता आए पनि सामसुङले प्रतिस्पर्धीहरुलाई पछि पार्दै बिक्रीमा नयाँ रेकर्ड कायम गरेको मंगलबार सार्वजनिक तथ्याँकमा देखिएको छ ।

सामसुङले चिनियाँ स्मार्टफोन निर्माता हुवावेलाई पछि पार्न सफल भएको छ ।

विवरणमा गत महिना अर्थात अगस्टमा विश्वबजारमा सामसुङले २२ प्रतिशत बजार हिस्सा ओगटेको छ । जबकी हुवावेको हिस्सा १६ प्रतिशत रहेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ ।

दुबै फोन निर्माता कम्पनीबीच गत फेब्रुअरीयता पहिलो पटक ६ प्रतिशतको फरक (ग्याप) देखिएको छ । गत अप्रिलमा हुवावेले सामसुङलाई पछि पारेको थियो । भारतीय स्मार्टफोन बजारमा आएको सुधारका कारण सामसुङले पहिलो स्थान पुनः प्राप्त गर्न सफल भएको काउन्टरप्वाइन्टको भनाई छ ।

सामसुङले भारतीय बजारमा थप आक्रामक रणनीतिका साथ बिक्री बढाएको छ । भारत अहिले विश्वमै दोस्रो ठूलो स्मार्टफोन बजार हो । चीन विरोधी भावनाका कारण पनि सामसुङले भारतीय बजारमा सहज बजार पाएको अनुमान गरिएको छ ।

विश्व बजारमा अमेरिकी एप्पल कम्पनीले तेस्रो स्थान ओगटेको छ । यसको विश्वमा कूल बजार हिस्सा १२ प्रतिशत छ । चीनकै साओमी कर्पोरेसनले ११ प्रतिशत बजार हिस्साका साथ तेस्रो स्थान ओगटेको छ ।

हुवावे विरुद्ध अमेरिकी सरकारले लगाएका प्रतिबन्धहरुका कारण अन्य स्मार्टफोन कम्पनीहरुले निकै फाइदा उठाउन सक्ने देखिएको पनि काउन्टरप्वाइन्टको विश्लेषण छ । (याेनहाप)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }