शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

५ महिनापछि खुले तारे होटल


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 267
    SHARES

काठमाडौं, १४ असोज ।  कोभिड–१९ का कारण पर्यटकको आवागमन ठप्प भएपछि बन्द रहेका तारे होटलहरु झण्डै ५ महिनापछि खुलेका छन् ।

सन् २०२० को पर्यटन क्षेत्रका लागि निराशाजनक वर्षका रुपमा रहने भएपनि कोभिड–१९ विरुद्धको खोप तयार हुँदै गरेको साथै पर्यटन पुर्नसञ्चालनका लागि ल्याइएको मापदण्ड (प्रोटोकल) पालना गरेर थोरै संख्यामा भएपनि पर्यटकलाई सेवा दिने, थोरै संख्यामा सामाजिक दूरी सहितका सेमिनार, गोष्ठीहरु सञ्चालन गर्न पाइने अपेक्षामा लामो समयदेखि बन्द होटलहरु खुला गरिएको होटल व्यवसायीहरुले जनाएका छन्। यद्यपि राजधानीकै अन्नपूर्ण र द्वारिकाज् भने बन्द छन् । अन्य तारे होटलहरु भने सञ्चालनमा आएका छन् ।

पर्यटन क्षेत्रले सन् २०२० लाई सर्भाइभ (व्यवसाय बचाउने), सन् २०२१ लाई रिभाइभ (पुनर्स्थापना) र सन् २०२२ पछि थ्राइभ (व्यवसाय विस्तार) को रणनीति लिएको होटल संघ नेपालका वरिष्ट उपाध्यक्ष विनायक शाहले जानकारी दिनु भयो ।

कोभिड –१९ का कारण सन् २०२० मा नेपालको पर्यटन क्षेत्रले ५५ देखि ६० अर्ब रुपैँयाको क्षति व्यहोर्ने अनुमान रेहको नेपाल पर्यटन बोर्डको भनाई छ। नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित भएको भन्दै यस क्षेत्रका परियोजनाहरुले लिएको ऋण दुई वर्षसम्मका लागि पुनर्तालिकीकरण गर्न मिल्ने व्यवस्था गरेको छ । होटलहरुले कर्मचारीहरुलाई कोभिड–१९ का कारण व्यवसाय सञ्चालनमा नआउँदासम्म १२.५ प्रतिशत मात्र तलब सुविधा दिदैं आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }