शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फास्ट ट्रयाक

द्रुत मार्गमा सुरुङ्ग निर्माणका लागि टेण्डरमा सहभागि कम्पनीको सुची सार्बजनिक


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 1.1K
    SHARES

काठमाडौ,१४ असोज। फास्ट ट्रयाक अर्थात काठमाडौ तराई  जोड्ने द्रुत सडकमा  बनाउनु पर्ने सुरुङ्ग निर्माणका लागि टेण्डर मा सहभागि कम्पनीको सुची  सेनाले सार्बजनिक गरेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसारकाठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक ) छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङ बनाउनका लागि  २१ ओटा कम्पनीहरुले बोलपत्र पेस गरेका छन् । यसै गरी धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङ निर्माणका लागि लागि २२ ओटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।
दुवै आयोजनका लागि १६ कम्पनीले बोलपत्र दाखिला गरेका छन्। छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ६ ओटा कम्पनी रहेको निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलोमिटर र धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३ं१ किलोमिटरको सुरुङ बन्ने छ । बोलपत्र पेश गर्ने कम्पनीहरुको सुचि सार्बजनिक भैसकेका कारण  अब मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कन गरी  योग्यताका पुगेका निर्माण कम्पनीको छनौट गर्ने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }