
मिलान,१५ असोज । रोमेलु लुकाकुको दुई गोलमा इन्टर मिलानले बुधबार इटालीको ‘सिरी ए’ मा आफ्नो शतप्रतिशत जित कायम राख्दै बेनेभेन्टोलाई सजिलै ४–१ ले हराएको छ ।
इन्टरले लिगका सुरुवाती दुवै खेलमा ‘हाइ स्कोरिङ’ जित निकालेको छ ।
यसअघि उसले फियोरेन्टिनालाई ४–३ ले हराएको थियो । एन्टोनियो कोन्टेको इन्टरलाई उपाधिका होडमा युभेन्ट्सको मुख्य प्रतिस्पर्धा मानिएको छ । बुधबारका अन्य खेलमा एटलान्टाले लाजियोलाई ४–१ ले हरायो ।
लाजियोको घरमै यो हारलाई स्तब्धपूर्ण मानिएको छ । यस्तै अर्को खेलमा स्पेजियाले युडिनेजीलाई २–० ले हरायो ।