शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

आईपीएल टी-ट्वान्टी क्रिकेट: साविक विजेता मुम्बई इन्डियन्स विजयी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 1.6K
    SHARES

काठमाडौं,१६ असोज।  इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बई प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्न सफल भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ सन जोड्न सफल भयो । १ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको पञ्जाव आठ विकेटले गुमाउँदै १ सय ६३ रनमै सीमित हुन पुग्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ७० रन र केइरन पोलर्डले ४७ रन जोडे । जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यसैबीच आजको खेलमा गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्स तथा सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)