शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

असोज २१ देखि यती एअरलायन्सले सिमरा उडान पून शुरु गर्दै


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १६, २०७७
  • 945
    SHARES

 

काठमाण्डौ,१६ असोज। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक संस्था यती एयरलाइन्सले १२ वर्षपछि अर्थात् यही असोज २१ देखि सिमरामा नियमित उडान गर्ने भएको छ ।

एयरलाइन्सले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा नयाँ गन्तव्यको रुपमा सिमरा पुनः उडान सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि आगामी असोज २१ देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो । सिमरा यतीको नवाैँ उडान गन्तव्य हो ।

एअरलायन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिनु भयो । ‘सिमरा उडानबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेलागेका छौ उहाले भन्नु भयो।

यती एअरलायन्सले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाडाैँदेखि उडान भर्दैछ । एअरलाइन्सका बिक्री तथा बजार निर्देशक शरल एस जे वि राणाका अनुसार यात्रुहरुको माग बमोजिम पुनःसेवा प्रारम्भ गर्न लागेको हो।

एअरलाइन्सले अहिलेका लागि प्रमोशनल भाडा काठमाडौँ–सिमरा–काठमाण्डौको एकतर्फी दुई हजार आठसय तोकेको छ। यी गन्तब्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स, नजिकको ट्राभल एजेन्सीहरु तथा अनलाईन मार्फत लिन सकिने यती एअरलायन्सले जनाएको छ।

विस २०५५ सालदेखि यात्रुलाई सेवाप्रदानगर्दै आएको यती एअर लाइन्समा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् ।

यती एअर लाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथातारा एअरले दुर्गम हिमाली तथा पहाडी भागलुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवाप्रदान गर्दै आएको एअर लाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनु भयो ।

व्यवसायभन्दा सेवालाई प्राथमिकता दिएको भगिनी संस्था तारा एअरले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको कम्पनीले जनाएको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }