शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संक्रमणको नयाँ रेकर्ड

एकैदिन थपिए ३ हजार ४ सय ३९ संक्रमित, उपत्यकामा मात्रै १ हजार ६ सय ८४ नयाँ संक्रमित थपिए

डिस्चार्ज हुनेको संख्या ६८ हजार ६ सय ६८,थप १५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 262
    SHARES

काठमाण्डौ,२१ असोज।आज ३ हजार ४ सय ३९ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

संस्थागत आइसोलेसनमा १० हजार ५ सय ९६ र होम आइसोलेसनमा १४ हजार ४ सय ११ जना संक्रमित उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यसअघि मन्त्रालयले २५ हजार संक्रमित पुगेमा लक डाउन गर्न सकिने गरी निर्णय गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता डा. गौतमका अनुसार आज प्रदेश नम्बर १ मा ५ सय ४६, प्रदेश नम्बर २ मा ३ सय ३३, बागमती प्रदेशमा ७ हजार ९ सय ८ र गण्डकी प्रदेशमा ४ सय ४१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा ८ सय ४२, कर्णाली प्रदेशमा ३ सय ५२ र सुदूरपश्चिम प्रदेशमा १ सय ७४ जना संक्रमित रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय ४७, प्रदेश नम्बर २ मा ५ सय ३०, बागमती प्रदेशमा ९ हजार १ सय ७२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७४, कर्णाली प्रदेशमा ३ सय १५ र सुदूरपश्चिम प्रदेशमा ५ सय ८ जना रहेका छन । आज आइसियुमा २ सय ३३ र भेन्टिलेटरमा ३७ जना संक्रमित उपचाररत रहेका छन ।

नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । ५ महिला र १० पुरुष गरी आज १५ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार उपत्यकामा दुई महिला सहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा ६६ र ७२ वर्षिया महिलाको मृत्यु भएको छ । यस्तै ४५ वर्षिय पुरुष, ५३ वर्षिय पुरुष, ६४ वर्षिय पुरुष र ६९ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४६ वर्षिय, मोरङमा ४० र ६० वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी चितवनमा ४६ वर्षिय, रुपन्देहीमा ५५ वर्षिय र नवलपरासीमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । सिराहामा ५० वर्षिया महिला रोतहटमा ७२ र दाङमा ७१ वर्षिया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

आज देशभरी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ हजार २ सय ९ पीसीआर परीक्षण भएकोमा १२ सय ६१ महिला र २१ सय ७८ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै १६ सय ९४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १ हजार २ सय ९६, ललितपुरमा २ सय ९२ र भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

आज ११ सय २६ संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार १ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ८ सय ५१, बागमती प्रदेशमा २३ हजार १ सय ६ र गण्डकी प्रदेशमा ३ हजार ९ सय २५ जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ४२, कर्णाली प्रदेशमा ३ हजार ३ सय १७ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ९७ जना गरी देशरी ६८ हजार ६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }