बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ दूरसञ्चार ऐन

नियमनलाई प्रभावकारी बनाउन नयाँ ऐन ल्याउदै दूरसञ्चार प्राधिकरण

नयाँ ऐनको प्रस्तावित मस्यौदा मन्त्रालयमा


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०७७
  • 522
    SHARES

काठमाडौ।  नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ दूरसञ्चार ऐनको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेश गरेको छ । प्राधिकरणले तयार पारेको मस्यौदा बोर्डबाट पारित गरि मन्त्रालयमा पेश गरेको हो ।

हाल लागू रहेको दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्नेगरि ल्याउन लागिएको नयाँ ऐनको सो मस्यौदाले अहिलेको अवस्थाअनुसार दूरसञ्चार क्षेत्रलाई नियमन गर्ने बताईएको छ ।

मन्त्रालयका सचिव हरि प्रसाद बस्यालले सो मस्यौदा हाल प्रारम्भिक छलफलमा नै रहेको र त्यसले कुनै ठोस आकार नलिएको जानकारी दिनु भयो ।

‘अहिले मन्त्रालय अन्तरगत नै प्रारम्भिक मस्यौदा आएको हो । त्यसमा सरोकारबाला सहितलाई राखेर बृहत छलफल गराउनुपर्छ, अहिले यो संभव छैन र तिहारपछि गर्ने योजनामा छौ,’ सचिव बस्यालले भन्नु भयो।

उहाकाअनुसार सरोकारबालाहरुको वृहत छलफलपछि आउने सुझाबपछि मात्र त्यसलाई अन्तिम रुप दिईनेछ । यस अघिका छलफलहरु सरोकारबालाहरुसँग पर्याप्त नगरिएको भन्दै त्यसमा पुन नयाँ किसिमले छलफल गरिने उहाले बताउनु भयो ।

मन्त्रालयमा बुझाएको मस्यौदामा दूरसञ्चार सेवाको फ्रिक्वेन्सी अक्सन, प्रविधि तटस्थताको विषय, दूरसञ्चार विकास कोष, स्याटेलाइटको स्थापना, संचालन र उपयोग लगायतका विषयहरु समेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }