बुधबार, बैशाख १९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ब्रोडब्याण्ड इन्टरनेट

दूर्गम क्षेत्रमा स्याटेलाइटमार्फत तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउदै प्राधिकरण

यसको लागि नयाँ फ्रिक्वेन्सी ब्याण्ड खुला गर्न सरकारलाई सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०७७
  • 400
    SHARES

काठमाडौं।  नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइटमार्फत तिब्रगतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा दूर्गम क्षेत्रमा उपलब्ध गराउने योजना लिएको छ।

यसको लागि हालै प्राधिकरणले नयाँ फ्रिक्वेन्सी ब्याण्ड खुला गर्न सरकारलाई सिफारिस गरेको छ।

प्राधिकरणले हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमा स्याटेलाइटमार्फत प्रयोग गरिने का-ब्याण्ड (Ka-Band) को लागि नयाँ फ्रिक्वेन्सी खुला गर्न सिफारिस गरेको हो ।

सो बारेमा प्राधिकरणको बोर्डले असोज ५ गते नै निर्णय गरिसकेको छ भने  समितिमा पत्र समेत पठाईने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार का-ब्याण्डको फ्रिक्वेन्सी फिक्स्ड स्याटेलाइट सर्भिसका लागि छुट्याउन सिफारिस गरिएको हो ।

जस अनुसार १९.७ गीगाहर्जदेखि २१.२ गीगाहर्जसम्म १५०० मेगाहर्ज ब्याण्ड डाउनलिंकका लागि तथा २९.५ देखि ३१ गीगाहर्जसम्म अपलिंकका लागि छुट्याउन सिफारिस गरिएको छ।

सो फ्रिक्वेन्सी ब्याण्ड उच्च ब्याण्ड भएको र यसबाट तिब्रगतिमा इन्टरनेट सेवा प्रदान गर्न सकिने प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिनु भयो। ।

‘का-ब्याण्डमा ५जी प्रविधि पनि संचालन गर्न सकिने उपयोगी ब्याण्ड हो र यसबाट दूर्गम भेगमा उच्च गतिको ब्रोडब्याण्ड कनेक्टिभिटी गर्न सकिन्छ,’ प्रवक्ता अर्यालले भन्नु भयो ‘सो फ्रिक्वेन्सी ब्याण्डको बारेमा हामीले पनि अध्ययन गराएका थियौं । गाउँमा अहिलेको भिस्याट जस्तै सानो एन्टेना राखेर तिब्रगतिको इन्टरनेट सेवा पुर्याउन सकिन्छ।’

प्रवक्ता अर्यालका अनुसार समितिले सो फ्रिक्वेन्सी ब्याण्ड खुला गर्ने बित्तिकै हाल इन्टरनेट सेवा सहज नभएका गाउँहरु र विभिन्न स्थानहरुमा तुरुन्त सेवा दिन सकिनेछ।

प्राधिकरणले यसको लागि भिस्याटको जस्तै लाइसेन्स दिएर दूर्गम भेगमा तिब्र गतिको इन्टरनेट पुर्याउन सकिने र वैकल्पिक माध्यमको रुपमा समेत प्रयोग गर्न सकिने जनाएको छ।

समितिले अनुमति दिएपछि मात्र सो फ्रिक्वेन्सी ब्याण्ड फिक्स्ड स्याटेलाइट सर्भिसका लागि प्रयोगमा आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }