बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन व्यवसायी पाण्डे पाटाका सचिव÷कोषाध्यक्षमा निर्वाचित


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०७७
  • 524
    SHARES

काठमाडौं।   एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रालिका अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्वअध्यक्ष सुमन पाण्डे पाटाका सचिव÷कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । विश्वका ७७ मुलुकका छ हजारभन्दा बढी सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय सङ्घ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को यही १२ सेप्टेम्बरमा भएको अनलाइन चुनावमा पाण्डेले मलेसियाका प्रतिद्वन्द्वी फइज फधिलिल्लाहलाई पराजित गर्नुभएको थियो ।

त्यस्तै भियतनामका उम्मेद्धार हाई होे र कम्बोडियाका प्रतिस्पर्धी डा सोखोम थोकविरुद्ध उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नुहुने बताइएको छ । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरका अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, डाइरेक्टर– सर्मिट एयर, डाइरेक्टर–अलफ्ट काठमाडाँै होटल, छाया सेन्टर प्रालिका निर्देशकका रुपमा समेत कार्यरत पाण्डे यसअधि पाटा नेपाल च्याप्टरका अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालका अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाइन्स अपरेटर्स एशोसियसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वोर्ड कार्यकारी सदस्यमा कार्यरत रहनाका साथै विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

नेपाली साहसिक पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने उच्च हिमाली रेस्क्यु प्रविधिको शुरुआत तथा विस्तार, २०७२ सालको भूकम्पपश्चात् सङ्कट व्यवस्थापन तथा पर्यटन पुनःउत्थान कार्यक्रमको तर्जुमा, प्रथम हिमालयन ट्राभल मार्ट–२०१७ मा विशेष भूमिका निर्वाह गर्नुहुने पाण्डेद्वारा प्रवद्र्धित स्काइ डाइभिङ्ग तथा सन् २००९ मा कालापत्थरमा आयोजित नेपाल सरकारको मन्त्रिपरिषद् बैठक नेपाली पर्यटन क्षेत्रकै स्मरणीय विषय पर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)