काठमाडौं ।नेपालमा कोरोना भाइरस (कोभिड—१९) का थप २६ सय ३८ जना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ४७ पीसीआर परीक्षण भएकोमा २ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ८०, प्रदेश नम्बर २ मा ८ सय ३१, बागमती प्रदेशमा ९ हजार ५ सय ५६ र गण्डकी प्रदेशमा ६ सय ५५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५२, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा २ सय ४८ जना गरी देशभरी १४ हजार ८ सय १९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन ।
यस्तै होम आइसोलेसनमा , प्रदेश नम्बर १ मा २ हजार ७ सय ९५, प्रदेश नम्बर २ मा ५ सय ७२, बागमती प्रदेशमा १४ हजार १५ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार ९७, कर्णाली प्रदेशमा ५ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ६ सय २९ गरी देशभरी २१ हजार ५ सय ४८ जना रहेका छन ।
आज २ हजार १ सय ७४ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ९ सय ९२, प्रदेश नम्बर २ मा १५ हजार १ सय ३३, बागमती प्रदेशमा ३२ हजार १ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ३ सय ८० जना डिस्चार्ज भएका छन । यस्तै लुम्बिनी प्रदेशमा ११ हजार १ सय ६, कर्णाली प्रदेशमा ३ हजार ५ सय ३६ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ८० जना गरी देशभरी ८० हजार ९ सय ५३ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ७५ पुगेको छ ।
सरकारले कोरोना विमा गरेकाहरुको हकमा निःशुल्क उपचार नगर्ने भएको छ । आर्थिक रुपले विपन्न, एकल महिला, अति अपाङ्गता भएका व्यक्तिको मात्रै निःशुल्क कोरोना परीक्षण गर्ने बताउँदै सरकारले संक्रमित व्यक्तिले कोरोना बिमा गरेको भए खर्च बिमा रकमबाट नै व्यवस्थापन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सरकारले जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र जोखिम क्षेत्रमा कार्यरतमा कर्मचारीमा लक्षण देखिए मात्रै निःशुल्क परीक्षण गर्ने उहाँले बताउनुभयो ।
