सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आईफोन १२ का दुई मोडलहरु विश्व बजारमा उपलब्ध


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ७, २०७७
  • 710
    SHARES

काठमाडौं ।एप्पलले हालै लन्च गरेको दुई आईफोन १२ मोडेलहरू विश्व बजारमा उपलब्ध भएका छन् । एप्पलले आईफोन १२ र १२ प्रो फाइभजी दुई मोडलको स्टोर बिक्री शुरु गरेको छ भने प्रिअर्डर गर्ने ग्राहकहरुले आफ्नो डिभाइस प्राप्त गरेका छन् ।

यी दुबै फोनहरु शुक्रबार चीनमा समेत बिक्रीका लागि उपलब्ध भएका छन् । प्रारम्भिक अर्डर डाटाले कम्पनीको दोस्रो ठूलो बजारमा ५जी सपोर्ट गर्ने डिभाइसमा उपभोक्ताको ससक्त रुची देखाएको छ ।

शंघाईको व्यापार केन्द्रमा एप्पल स्टोर बाहिर केहि छोटो लाइनहरु देखिएका थिए । जसले विगतका लन्च इभेन्टहरुमा हुने भीडको तुलनामा केहि फरक भएको छ,  किनकी अहिले अधिकांशअर्डरहरु अब अनलाइनमा परिवर्तन भएको छ।

आईफोन १२ को नयाँ ग्रीन कलर अप्सन शुक्रवार चिनियाँ एप वेइबोमा शीर्ष ट्रेंडिङ्गमा रहेको थियो, जसले सकारात्मक प्रतिक्रिया जनाउँदछ।

गत हप्ता एप्पलको घोषणाले शुरुमा चीनमा मिश्रित समीक्षा ओगटेको थियो तर विश्लेषकहरूले यस बर्षमा अर्डरमा वृद्धि हुने अपेक्षा राखेका छन् ।

किनकि आईफोनका लोयल प्रयोगकर्ताहरूले अपग्रेड गरिएको फाइभजी नेटवर्क पूर्वाधारको साथ उपयुक्त नयाँ ह्यान्डसेटहरू खरीद गर्दछन्।

चिनियाँ ईकमर्श रिटेलर जेडी डट कमले घोषणाको पहिलो दिन आईफोन १२ का चारै मोडेलको १६ लाख प्रिअर्डर देखेको छ।

एप्पल र ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले यस वर्ष चीनमा आपूर्ति वृद्धि वृद्धि गर्ने शीर्ष फोन निर्माताहरू हुन्, दोस्रो त्रैमासमा एप्पलको वार्षिक ३५ प्रतिशत वृद्धि भएको अनुसन्धान कम्पनी क्यानालिसले भने। रोयटर्स

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }