बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यती एअरलाइन्सको दशैँ अफर: एक जोडिलाई काठमाडौँ–अवुधावी निःशुल्क टिकट


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ९, २०७७
  • 705
    SHARES

काठमाडौँ । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा आफ्ना यात्रुहरुको लागि आकर्षक दशैं अफर ल्याएको छ । योे अफर दशैँ अवधिभर लागु हुनेछ ।

एअरलाइन्सको सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु मध्येबाट ५ जना भाग्यशाली बिजेतालाई विभिन्न आकर्षक उपहारको व्यवस्था गरिएको एअरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले ल्याएको आकर्षक अफर अन्तर्गत ‘लक्की ड्र’मार्फत् पहिलो हुने बिजेताले एक जोडीका लागी हिमालयन एअरलाइन्सको काठमाडौं—अबुधाबी¬–काठमाण्डौं को दुईतर्फी फ्रि टिकेट प्राप्त गर्नेछन् ।

त्यस्तै दोस्रो बिजेताले एक जोडीका लागी चितवनको कसरा होटलमा, तेस्रो बिजेता एक जोडीले काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा र चाँथो बिजेता एक जोडीले नोम्याड होटलमा एकरात निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको छ । त्यस्तै गरी पाँचौ बिजेता एक जनालाई यती एअरलाइन्सको तर्फबाट आकर्षक पुरस्कार प्रदान गर्नेछ ।

आफ्नो २२ औँ वार्षिक उत्सव मनाउने क्रममा एअरलाइन्सले विभिन्न आकर्षक अफरहरु घोषणा गर्दे आएको छ । केही समयअघि आकर्षक आन्तरिक भ्रमण प्याकेज घोषणा गरेको एअरलाइन्सले केहीदिन अघिबाट नवौँ गन्तव्यको रुपमा सिमरा उडान समेत शुरु गरेको छ ।

यात्रुहरुलाई सुरक्षित उडान गराँउदै आकर्षक उपहार प्रदान गर्ने र एअरलाइन्सप्रतिको विश्वास कायम राख्न विभिन्न अफरहरु ल्याएको यती एअरलाईन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यती एअरलाइन्सका सम्पूर्ण गन्तव्यहरुमा उडान गर्ने यात्रुहरु यो अफरमा सहभागी हुन सक्नुहुनेछ । “हामीले २२ औँ वार्षिकोत्सवमा थप आकर्षक कार्यक्रम ल्याउने घोषणा गरे वमोजिम यो दशैं अफर ल्याएका छौं, हाम्रा यात्रुहरुले उडान सँगै आकर्षक उपहारको पनी मज्जा लिनुहुनेछ,”– प्रवक्ता बर्तौलाले भन्नुभयो ।

एअरलाइन्सले एटिआर–७२, जेटस्ट्रिम–४१ विमानहरु मार्फत उच्च सर्तकता अपनाएर आफ्ना उडानहरु सञ्चालन गरिरहेको बताएको छ ।

 

यती एअरलाइन्सले हाल काठमाडौँदेखि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, सिमराका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)