शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अक्षय कुमारद्वारा आफ्नो नयाँ हिन्दी कथानक चलचित्र “लक्ष्मी बम” को नाम परिवर्तन


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 672
    SHARES

मुम्बई। नामको विषयलाई लिएर विवाद भएपछि अक्षय कुमारले आफ्नो नयाँ हिन्दी कथानक चलचित्र “लक्ष्मी बम” को नाम फेरेका छन् । अब यस फिल्मको नाम “लक्ष्मी” मात्र रहने छ ।

फिल्मको पुरानो नामलाई लिएर हिन्दु सेना, राजपुत सेना सहित धेरै मानिसले आपत्ति जनाएका थिए । फिल्मको नाम परिवर्तन गरेसँगै फिल्म निर्माताले नयाँ पोस्टर पनि जारी गरेका छन् ।

विवाद थप बढ्ने देखिएपछि नाम परिवर्तन

फिल्म “लक्ष्मी बम” नाम राख्दा हिन्दु भावनामाथि ठेस पुग्ने भन्दै विरोध भइरहेको थियो । फिल्म रिलिज हुनै लाग्दा फिल्मको नामलाई लिएर बबाल मच्चिने देखेपछि फिल्मका निर्माताहरु नाम बदल्न बाध्य भएका हुन् । सार्वजनिक नयाँ पोस्टरमा कियारा आडवाणी अरेन्ज लुगामा देखिएकी छिन् । उनको पछिल्तिर तिलक, सिन्दुर लगाएर अक्षय कुमार देखिएका छन् । अक्षय कुमारले आउँदो दीपावलीलाई समेत जोडेर एउटा ट्वीट गरेका छन् जसमा उनले हर घरमा आउँदैछिन् लक्ष्मी ।

यो फिल्म आगामी नोभेम्बर ९ अर्थात् कात्तिक २४ गते रिलिज हुँदैछ । फिल्मको ट्रेलर भने “लक्ष्मी बम”कै नाममा सार्वजनिक भइसकेको छ ।

तमिल फिल्मको रिमेक हो लक्ष्मी

यो फिल्म डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ । यो फिल्म तमिल फिल्म मुनी २ः कन्चनाको रिमेक हो जसलाई राघव लरेन्सले नै निर्देशन गरेका थिए ।
(स्रोतः टाइम्स अफ इन्डिया)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)