शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत  ‘सिमसिमे पानी पर्यो…’


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 538
    SHARES

काठमाडौं । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत  ‘सिमसिमे पानी पर्यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

गीतकार रावलले  ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्यो…’ सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोता÷दर्शकको मन मष्तिस्कमा बस्न सफल हुनुभएको छ । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)