काठमाडौं। कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोमबारदेखि देशव्यापी साइकल यात्रा हुने भएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा पर्यटन व्यवसायीसमेतको टोलीले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने कार्यक्रम रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्य सचेतना फैलाउने बोर्डको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा आयोजना गरिएको हो ।
सोमबार बिहान काठमाडौँबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्ने २१ दिन लामो उक्त साइकल यात्रा नेपाल पर्यटन बोर्ड प्राङ्गगणबाट कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले साइकल यात्रीको समूहलाई बिहान ९ बजे बिदाइ गरेदेखि शुरुआत हुने बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।
महेन्द्रनगरबाट शुरु हुने यो साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभिट्टासम्म पुगी आन्तरिक पर्यटन प्रवद्र्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
