आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्रालयलाई पीपीई हस्तान्तरण


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १८, २०७७
  • 797
    SHARES

काठमाडौं ।  एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ ।

एक्सन ऐड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक माथेमाले समाजकल्याण परिषद् र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा ९ हजार ४ सय ५७ सेट पीपीई उपलब्ध गराइएको बताउनुभयो । जसको मूल्य करिब १ करोड ६२ लाख रुपैयाँ रहेको पनि उहाँले बताउनुभयो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि पीपीई सेट अनिवार्य भएकाले आफूहरुले मन्त्रालय मार्फत सहयोग गरेको बताउनुभयो ।

संक्रमणको दर उच्च भएका क्षेत्रमा आफूहरुले उपलब्ध गराएको पीपीई सेट प्रयोग हुने विश्वास समेत कार्यकारी निर्देशक माथेमाले व्यक्त गर्नुभयो । एक्सन ऐडले नेपालमा झण्डै ३९ वर्ष देखि काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)