सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक क्षेत्रको वाईफाई अनुगमन गर्न परामर्शदाता छनोट प्रक्रिया शुरु


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १८, २०७७
  • 571
    SHARES

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बजेट रकममा पर्यटकीय र धार्मिकस्थलहरुमा जडान गरिने वाईफाई सेवाको अनुगमन, मूल्यांकन र प्रमाणीकरण गर्न दूरसञ्चार प्राधिकरणले परामर्शदाता छनोट प्रक्रिया शुरु गरेको छ।

प्राधिकरणले हालै धार्मिकस्थलहरुमा जडान गरिने वाईफाई सेवाको अनुगमन गर्नका लागि परामर्शदाता कम्पनीको आवेदन माग गरेको हो ।

यसअघि नै प्राधिकरणले अन्नपूर्ण सर्किट, एभरेष्ट बेस क्याम्प, लुम्बिनी, जानकी मन्दिर, पाथिभरा मन्दिर, हलेसी महादेव, बराह क्षेत्र, मुक्तिनाथ मन्दिर, जामे मस्जिद लगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुमा वाइफाइ नेटवर्क जडान गर्ने काम शुरु गरिसकेको छ ।

एभरेष्ट बेस क्याम्पमा इन्टरनेट सेवा पुर्‍याउन यसअघि नै सबैभन्दा एभरेष्ट लिंक प्रालिलाई जिम्मा दिईएको छ भने धार्मिकस्थलहरुका लागि सुबिसु केबलनेट प्रालिले काम गर्नेछ। त्यसैगरि अन्नपूर्ण सर्किट र मुक्तिनाथ मन्दिरमा इन्टरनेट सुविधा पुर्‍याउनका लागि समेत एभरेष्ट लिंक छनोट भएको छ।

प्राधिकरणका अनुसार एभरेष्ट बेस क्याम्पमा इन्टरनेट सेवा पुर्‍याउन सबैभन्दा चुनौतीपूर्ण रहेको छ। सो क्षेत्र सबैभन्दा दूर्गम क्षेत्र रहेको र प्राविधिकरुमा पनि कनेक्टिभिटी प्रदान गर्न कठिन रहेको छ।

अहिलेसम्मको अवस्थामा एभरेष्ट बेस क्याम्पमा माइक्रोवेभ वायरलेस प्रविधिमार्फत मात्रै सम्भव देखिएको प्राधिकरणले उल्लेख गरेको छ। त्यहाँ बिजुलीको पहुँच नभएकाले ऊर्जाको समस्या रहेको र सौर्य उर्जा मात्र विकल्प रहेको छ। बेस क्याम्पमा वाईफाई सेवा पुर्‍याउन सकिने अवस्था भए पनि त्यो भरपर्दो हुने हो वा होइन भन्ने आशंका प्राधिकरणले गरेको छ भने जडानको लागि अधिक लागत लाग्ने अनुमान प्राधिकरणको छ । त्यसैगरि सो क्षेत्रमा वाईफाईको कभरेज सार्वजनिक स्थानहरु र सडक क्षेत्रमा मात्र हुनुपर्नेछ ।

अहिले माग गरिएको परामर्शदाताले उल्लेखित क्षेत्रहरुमा जडान गरेका इन्टरनेट सेवाको अनुगमन मूल्यांकन र प्रमाणीकरण गर्नुपर्नेछ ।

अनुगमन र मुल्यांकन गर्ने कम्पनीका कर्मचारीहरुले दूर्गम क्षेत्रहरुमा जान सक्ने उच्च पहाडी र हिमाली स्थानहरुमा गएर (क्लाइम्बिङ्ग गर्नसक्ने) अनुगमन गर्न सक्ने हुनुपर्नेछ ।

इन्टरनेट सेवा पुर्याउन छनौट भएका कम्पनीहरुले सेवा रोलआउट प्लानअनुसार गरे नगरेको समेत अनुगमन  र मुल्यांकन गर्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }