बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पत्रपत्रिका

महामारीले मुर्झाएको पर्यटन क्षेत्र पुनः मौलाउँदै


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २०, २०७७
  • 535
    SHARES

काठमाडौँ । गत भदौ १९ गते दाबा स्टेभेन शेर्पा नेतृत्वको छ सदस्यीय आरोहण दलले यस वर्षकै पहिलोपटक आरोहण अनुमति पाउँदा महामारीले मुर्झाएको नेपालको पर्यटन क्षेत्रमा एउटा आशा पलाएको थियोे । यो सन् २०२० को सुरुवातमा भ्रमण वर्षको उत्साहले हौसिएको नेपाली पर्यटन क्षेत्र कोभिड सङ्क्रमणले करिब आधा वर्ष ठप्प भएपछि आएको एउटा सुखद खबर थियो ।

नेपालका लागि महत्वपूर्ण पर्वतीय पर्यटनलाई महामारीकै बीचमा पुनः जगाउन उक्त अनुमतिले जसरी आशा जगाएको थियो त्योभन्दा धेरै उत्साहित बनायो बहराइनका राजकुमारसहितको टोलीको आरोहण अनुमतिले । मन्त्रिपरिषद्ले नै बहराइन र बेलायतका दुई टोलीलाई मनास्लु हिमालका लागि आरोहण अनुमति दिने निर्णय गरेको थियो । विदेशी पर्यटक स्वागत गर्न नपाएको नेपालका लागि नै त्यो उत्साहपूर्ण खबर थियो । महत्वपूर्ण व्यक्तित्वसहितको टोली भएकाले पनि उक्त आरोहणप्रति आम सर्वसाधारणको समेत चासो बढेको थियो । आरोहण टोलीको हरेक गतिविधि नेपाली सञ्चार माध्यमका लागि नियमित खबर भए । मनास्लु हिमालको सफल आरोहण गरेर पर्वतीय पर्यटनलाई बलियो उत्साह थप्दै बहराइनको टोली कात्तिक ७ गते फर्कियो ।

वरुण सेमा नेपाली र मनास्लुमा बहराइन र बेलायत गरी दुई टोलीलाई आरोहण अनुमति दिएको पर्यटन विभागले त्यसयता थप चारवटा आरोहण अनुमति जारी गरिसकेको छ । विभागका निर्देशक मीरा आचार्यका अनुसार कात्तिक १ पछि आमादब्लमका लागि दुई, ग्याल्जेन र हिमलुङ हिमाल आरोहणका लागि एक÷एक टोलीलाई आरोहण अनुमति प्रदान गरिसकिएको छ । त्यसमध्ये ग्याल्जेनको आरोहण दल नेपाली हो भने बाँकी तीनवटा विदेशी आरोहण दल हो । विभागले पछिल्लोपटक मात्रै हिमाल आरोहणका लागि ४३ जनाको अन अराइभल भिसा स्वीकृतिका लागि अध्यागमन विभागलाई सिफारिस गरेको छ । विभिन्न छवटा हिमाल आरोहणका लागि चासो देखाएका विभिन्न देशका नागरिकका लागि विभागलाई सिफारिस गरिएको निर्देशक आचार्यले जानकारी दिए। सिफारिस गरिएकामध्ये भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, यूएई, रसिया, पोल्यान्ड, युक्रेनलगायत देशका नागरिक रहेको विभागले जानकारी दिएको छ ।
महामारीका बीचमा सानो सङ्ख्यामा भए पनि आरोहण अनुमति हुनु सुखद भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले बताए । अहिले पनि पर्वतारोहणबारे विदेशबाट धेरै चासो आइरहेको छ, उनले भने, “यसले नेपालमा पर्वतारोहण खुला भएको छ भन्ने सन्देश दिएको छ”

विभागका निर्देशक आचार्यले पनि अहिले ठूलो सङ्ख्यामा अनुमति नभए पनि यसले वसन्तयामको पर्वतारोहणको आधार तयार गर्नसक्ने बताए । आमादब्लम हिमालको अहिलेको आरोहण अनुमति गत वर्षको तुलनामा ९ प्रतिशत मात्र हो, उनले भने, “यद्यपि यसले अर्को वर्षको पर्वतारोहणका लागि सम्भावना देखाएको छ। अध्यक्ष शेर्पा पनि ‘स्प्रिङ सिजन’का लागि यसले हौसला थपेको बताउछन् । गोरखापत्र दैनिक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)