शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्साङ र जितुको ‘कान्छिला जवानी’ (भिडियो)


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २५, २०७७
  • 1.1K
    SHARES

काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’(रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको छ ।

उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गायक एंव
संगीतकार कर्साङ लामाले संगीत, संगीत संयोजन र मिक्सिङ गरेका हुन भने
जेम्स जिम्बाले र्याप कम्पोज गरेका हुन ।

गंगाराम राई र कोष बोम्जनले छायांकन गरेको उक्त भिडियोलाई हेरुका लामाले
कोरियोग्राफी र निर्देशन, मनोज कार्कीले सम्पादन र कलर गरेका हुन ।

भिडियोमा हेरुका लामा,कर्साङ लामा दोङ ,जेम्स जिम्बा तामाङ, आकाङक्षा
लामा, सुजता तामाङको अभिनय रहेको छ भने तामाङ चलचित्र जगतका महानायक अमिर

दोङ, चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा र अमिता दोङ गेस्ट आर्टिस्टको
रुपमा अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)