बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २५, २०७७
  • 514
    SHARES

काठमाडौं।   वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा  टुरिज्म रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशी लाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको छ। पर्यटन क्षेत्रको दिगो बिकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्। बिश्वभरी बाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिदै कृयाशील व्यक्तित्व लाई प्रदान गरिने सो अवार्ड पाउने अन्यव्यक्तिहरुमा सेशेल्स का पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुप का निर्देशक विजय पूनूसम्त, अफ्रिकन  टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन का निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन।

अर्वाड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटन का दिग्गज व्यक्तित्वहरुलाई धन्यबाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)