न्यूयोर्क। गत नोभेम्बर ६, २०२० शुक्रबारका दिन बेलुकी नौ बजे हिरा दिन्छु भन्ने आए..गीतको गीति भिडियोसार्बजनिकीकरण भयो । कोभिड—१९को समयले गर्दा अनेसास न्यूयोर्क च्याप्टरले यसलाई आधुनिक प्रविधिको उपयोग गर्दै जुमको माध्यमबाट सार्वजनिकीकरण गरेको हो । एउटा गीतप्रायः एउटै गीतकारको हुने परम्परालाई तोड्दै यो गीतले गीति इतिहासमा नयाँ बाटो बनाएको छ ।
न्यूयोर्क निवासी तीन जना महिला साहित्यकारहरु क्रमशःगीताखत्री, ज्योतिपौडेल तथा पुनमकाफ्ले तीनैजनाले क्रमशःपहिलो अन्तराको भाव र बिचारलाई समात्दै दोस्रो अन्तरा तयार गर्ने र दोस्रो प्याराग्राफको भाव र बिचारलाई तेस्रोले समातेर अन्त्य गराएको यो गीतआफैमा ऐतिहासिक बनेको छ । यो गीतलाई प्रसिद्ध नृत्य निर्देशक तथा संगीतकार जयकुमार परियारले संगीतबद्ध गर्नु भएको छ भने मीठो स्वरकी धनी गायिका मेलिना राईले आफ्नो स्वर दिनु भएको छ ।
यो भिडियो छायाँकन बद्रि पौडेलको पहिलो प्रयास हो ।
कोरोनाको प्रकोप फैलिरहेका बखत सामाजिक दूरी कायमगर्दै तीनदिनको छाँयाकनमै तयार गरिएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि वरिष्ठ साहित्यकार तथा गीतकार दिनेश अधिकारीले गीतको र गीतकारहरुको प्रशंसा गर्दै नारी स्रष्टाहरुमा तीनजनाबाट तयार भइ भिडियोसमेत बनेको गीत यो पहिलो नै हुनु पर्छ भन्नु भयो । यस सम्बन्धमा उहांँले केही खोजीपनि गरेको कुरा बताउनु भयो । यसरी बिदेशमा बसेर नेपालीभाषासाहित्यको उन्नतिका लागि आफुले समय खर्चिरहने महिला स्रष्टाहरुलाई शुभकामनादिनु भयो ।
गीतको सिर्जना सम्बन्धमा गीतकार ज्योति पौडेलले बोल्नु भएको थियो भने छायाँकनका मीठापलका सम्बन्धमागीतकार पुनम काफ्लेले बोल्नु भएको थियो । त्यसैगरी छायांँकनमा (प्राविधिक) के कति कठीनाई आए कसरी यो अवस्थाआइपुग्यो बारेमाबद्रि पौडेलले आफ्नो बिचार सबैलाई सुनाउनु भयो ।
गीतकारहरुलाई शुभकामना दिनेहरुमा अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, अनेसास केन्द्रीय सल्लाहकार रामखत्री, अनेसास न्यूयोर्क च्याप्टरकी सचिब मेनका पराजुली, अनेसासका आजीवन सदस्यश्री किरण काफ्ले, अनेसास आजीवन सदस्य जगदीश उपाध्याय हुनुहुन्थ्यो ।
सो अबसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका अध्यक्ष तथा गीतकार गीता खत्रीले कार्यक्रममा उपस्थिति सबै सर्जकहरु, सहयोगीहरु तथा कार्यक्रम हेरिबस्नु हुने सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नु भयो ।
अनेसास न्युयोर्क च्याप्टरको महासचिब राजन महर्जनले जुमको प्राविधिकपक्ष हेर्नु भएको थियो भने कार्यक्रमको संचालन अनेसास न्युयोर्क च्याप्टरकी अध्यक्ष शकुन ज्ञवालीले संचालन गर्नु भएको थियो ।
