सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विस्तारै लयमा फर्कदै ठमेल


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०७७
  • 1.0K
    SHARES

काठमाडौं । कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ । बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ । ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि लकडाउन भएपछि पर्यटकिय बजार ठमेल पनि प्रभावित भयो । विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो । सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन् । त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन् ।

पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन् । त्यसैले पनि ठमेल क्षेत्र पर्यटक विहिन बनेको छ । तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् । त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवासयीहरुले बताएका छन् । पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन् । सरकारले नेपालमा अएपछि क्वारेन्टाइन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)