शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा पनि नेपाल फिल्म सोसाईटीको शाखा गठन


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १८, २०७७
  • 480
    SHARES

अमेरिका। नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको छ।

विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा अन्य मुलुकहरुमा समेत नेपाल फिल्म सोसाईटीको शाखा खोलिने कुराको जानकारी केन्द्रिय अध्यक्ष कृष्ण मल्लले गराएका छन्।

नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमितिहरुमा बरिष्ट उपाध्यक्षमा एभरेष्ट सुर्य बोहोरा न्युयोर्क, प्रथम उपाध्यक्षमा बिक्रान्त बस्नेत न्युयोर्क, द्वितीय उपाध्यक्ष दिनेश कार्की भर्जिनिया, सचिब हरि उप्रेती ओहायो, सह-सचिब राजकुमार काफ्ले कोलोराडो , कोषाध्यक्ष डिपी शर्मा कोलोराडो, महिला संयोजक डा. रानी शाक्य मेरिल्याण्ड, सदस्यहरु कृष्ण सुनार मोन्टाना, रायन रेज टेक्सास, शंकरराज वाग्ले क्यालिफोर्निया, नरमान राई नर्थ डकोटा र किकि शर्मा युटाह रहेका छन् भने सल्लाहाकारहरुमा प्रेमराजा महत, बिलोल पोखरेल, मुकुन्द ढुंगाना, नारायण पुरी, सुजन कुमार श्रेष्ठ, ऋषि ढकाल र हेमन्त श्रेष्ठ रहेका छन्।

अमेरिका शाखा गठन भए संगै आगामी दिनमा नेपाल फिल्म सोसाईटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको श्रीबृदीमा आफ्नो योगदान रहने नबनियुक्त अध्यक्ष नबराज श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)