आइतवार, बैशाख ३०, २०८१

मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक !


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १९, २०७७
  • 801
    SHARES

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज र मुख्यमन्त्री सञ्चार सचिवालयको पेज ह्याक गरिएको छ ।

शुक्रबार विहान मुख्यमन्त्री राउतको नाममा रहेको ‘सिएम लाल बाबु राउत’ नामक फेसबुक पेज र उहाँको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज एकसाथ ह्याक गरिएको हो । मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएकी ह्याक भएको जानकारी दिए ।  ‘प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धान साइबर क्राइमको टोलीले शुरु गरिसकेको छ ।

मुख्यमन्त्री राउतको नाममा रहेको पेजमा अहिले कभर र प्रोफाइल फोटोमा युवतीको फोटो राखिएको छ । प्रोफाइल फोटोमा  मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुकमा चाइनिज भाषाको प्रयोग गर्दै युवतीको फोटो राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }