बुधबार, जेष्ठ २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वीरेन्द्र सभागृहको पुनर्निर्माण प्रबलीकरण प्रविधिबाट


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २४, २०७७
  • 727
    SHARES

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्रमा रहेको एक मात्र सभागृह वीरेन्द्र सभागृहको प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण हुने भएको छ । त्यसका लागि  प्रक्रिया अगाडि बढिसकेको र आगामी १८ महिनाभित्रमा पुनर्निर्माण सम्पन्न गरिसक्ने कार्यक्रम छ ।

सभागृहको विषयमा जनचासो बढ्न थालेपछि विराटनगर महानगरपालिकाले साविकको स्वरुप नबिगारी आवश्यक मर्मतसम्भार एवं निर्माणको प्रक्रियालाई अघि बढाएको छ । कुनै बेला विराटनगरका सबैभन्दा राम्रो यो सभागृह अहिले प्रयोग गर्न नमिल्ने अवस्थामा छ । शहरी विकास तथा योजना महाशाखाका प्रमुख अर्जुन थापाले सभागृहको पुराना संरचनालाई नबिगारी अहिलेको आधुनिक प्रविधिहरु जडान गरी नयाँ संरचना बनाइने जानकारी दिनुभयो । सभागृहको प्रबलीकरणका लागि करीब रु २७ करोड खर्च लाग्ने अनुमान गरिएकामा नगर विकास कोषले रु १२ करोड छुट्याएको छ भने प्रदेश सरकारले रु दुई करोड खर्च गर्ने भएको छ । भवनमा लाग्ने अन्य खर्च महानगरपालिकाबाट नै व्यवस्थापन गरिने नक्सा प्रमुख थापाले जानकारी दिनुभयो ।

पटकपटक भूकम्पको क्षति व्यहोरिसकेको यो भवन पञ्चायतकालमै बनेको थियो । विभिन्न सभा समारोहका लागि उपयुक्त यस भवनलाई आधुनिकीकरण गर्नुपर्ने तथा समयसापेक्ष वातानुकूलित गर्नुपर्ने माग हुँदै आएको थियो । सभागृहलाई आकर्षक बनाउन आधुनिक प्रविधिहरु जडान गरिने र सो भवनमा भिआइपी कक्षका साथै मिडिया क्याबिनेटको व्यवस्था गरिनेछ । अब यसमा करीब ४०० मानिस सजिलै अट्न सक्ने बनाइने भएको छ ।

महानगरपालिकाले सभागृहभित्र भइरहेका गतिविधिलाई बाहिरका मानिसले हेर्न सक्ने गरी बाहिरी भागमा एलइडी स्क्रिनको समेत व्यवस्था गर्नुका साथै भवनको शोभा बढाउन उच्चकोटीको पुष्प उद्यान निर्माण गरिने प्रमुख थापाले जानकारी दिनुभयो । स्थानीय शहीद रङ्गशालासँग जोडिएको सो सभागृह सार्वजनिक महत्वका कार्यक्रम गर्न निकै सुविधाजनक स्थान मानिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }