बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखराको पर्यटनलाई चलायमान बनाउन पर्यटन व्यवसायी छलफलमा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २५, २०७७
  • 620
    SHARES

पोखरा। नेपाल पर्यटक यातायात व्यवयासी संघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, पोखराले वरिपरिका जिल्लाबाट पर्यटक ल्याएर कोरोनाले सुस्ताएको पोखरेली पर्यटनलाई पुनर्ताजगी दिन विभिन्न जिल्लाको धार्मिक क्षेत्रको भ्रमण गरेका छन् । त्यहाँ पुगेर उनीहरुले पर्यटन साझेदारीको लागि सरोकारवालासँग छलफल गरेका छन ।

त्यसलाई उनीहरुले सहकार्यमा धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण भनेका छन् । तीन दिने सो भ्रमणका क्रममा सोमबारदेखि बुधबारसम्म पाल्पाको तानसेन, नवलपरासीको रामग्राम, नवलपुरका त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सास्वत धाम, कैलाश आश्रम, चितवनको वाल्मिकी आश्रम, तनहुँको देवघाट लगायतका स्थानमा सरोकारवालासँगको छलफल सम्पन्न भएको छ ।

यसले कोरोनापछिका दिनमा पर्यटक आदानप्रदानमा बल पुग्ने विश्वास लिइएको छ । गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले प्रदेश सरकारले नवलपुरको समग्र विकासका लागि पनि प्राथमिकता दिएको धारणा राख्नुभयो ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले यो भ्रमणबाट आपसमा पर्यटक साटासाट गर्न र अन्तर जिल्ला भ्रमणसहित पर्यटन साझेदारीको खाका कोरीएको छ भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष डम्बरबहादुर केसी र अर्का पूर्व अध्यक्ष सोमबहादुर थापाले आगामी दिनमा पर्यटन चलाएमान बनाउन कार्यक्रम फलदायी भएको बताउनुभयो । परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जिवी पोखरेलले यो कार्यक्रमबाट पर्यटकीय नगरी पोखरासँग नवलपुरको पर्यटकीय साझेदारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिनुभयो । त्रिवेणी धामदेखि मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय स्थललाई समेट्दै विकास गर्न सकेमा राम्रो उपलब्धि हासिल हुने धारणा राख्दै छलफलमा सहभागीहरुले आवागमन सहज बनाउन सडक सञ्जाल जाँडै जोडिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)